जसपा-एमाले भेटवार्ताबारे यसो भन्छन् नेताहरु
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका हुन् ।
पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समीकरण लगायतको विषयमा कुरा गर्ने उनले बताए । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्ने बताए । उनले भने, ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा मामिलाको अगाडि बढोस् न । अनि बाँकी कुरापनि गरौँला नि त ।’
जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताए । माग पुरा गर्ने आश्वासन आएको भएपनि देखिने गरी काम नभएको बताए । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए । उनले भने, ‘हामी गएका थियौँ । हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौँ । जुन हाम्रो माग हो । त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं । भन्या पनि हो पोजेटिभ कुरा चलिराखेको छ । तर देखिने गरी काम आएकै छैन । काम हुनुपर्यो । उहाँहरु सहयोग मागि राख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुपर्यो । काम गरेर देखाउनुपर्यो । त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्ने कुरा गर्यौँ । उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ ।’
नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमाले बीचको सम्बन्धमा कुनै शर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको बताए । उनले भने, ‘कुनै पनि सर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरुले कुनैपनि सर्तबन्दी राख्नुभएको छैन । हामी बीचमा कुनै पनि सर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ । सत्ता साझेदारी गर्ने कुरा त्यहाँ उठिरहेको छैन ।’ अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङले बताए । दुई पार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समीकरण हुनसक्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
