शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मलाइकालाई पूर्व श्रीमान् अरबाज खानको उपहार, सेयर गरिन् भिडियो

बुधबार, ११ चैत २०७७, १५ : ५४
बुधबार, ११ चैत २०७७

बलिउड नायिका मलाइका अरोडा खान सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । उनका थुप्रै फोटो र भिडियो सोसल मिडियामा ट्रेन्ड पनि हुने गर्छ ।

मलाइकाले आफूलाई पूर्व श्रीमानले उपहार पठाएको जानकारी दिएकी छिन् । अरबाजले कुनै गहना वा महँगो उपहार भने दिएका होइनन् । उनले स्वादिष्ट आँपको एउटा डिब्बा पूर्व श्रीमतीलाई उपहारस्वरुप दिएका हुन् ।

मलाइकाले इन्स्टा स्टोरीमा एउटा भिडियो सेयर गरेर आँपको डिब्बा देखाएकी छिन् । उक्त भिडियोमा मलाइकाले लेखेकी छिन्, ‘यी आँपका लागि धन्यवाद अरबाज । तपाईंले यस्ता आँप अनलाइनमा अर्डर गर्न सक्नुहुन्छ ।’

स्मरण रहोस्, अरबाज र मलाइकाले १८ वर्षको वैवाहिक सम्बन्धलाई पूर्ण विराम लगाएका थिए ।

सम्बन्धविच्छेद पछि एकातिर मलाइका नायक अर्जुन कपुरसँगको प्रेममा छिन् भने अरबाजले पनि जर्जिया एन्ड्रियानीको रुपमा नयाँ साथी भेटेका छन् ।

अरबाज र जर्जियाको खासै चर्चा हुँदैन तर मलाइका र अर्जुन भने लगातार लाइमलाइटमा हुन्छन् । उनीहरुले विवाहसमेत गर्न लागेको खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप