अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौंमा समेत बढ्दै गएकोले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ । साथै सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्वमा आफ्नै घरभित्रै सिमित रहेर खेल्न समेत आग्रह गरिएको छ ।
विज्ञप्तिमा सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते