अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौंमा समेत बढ्दै गएकोले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ । साथै सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्वमा आफ्नै घरभित्रै सिमित रहेर खेल्न समेत आग्रह गरिएको छ ।
विज्ञप्तिमा सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण