त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहेका छन् ।
नेपालले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा कीर्गिस्तानको युथ २३ टोली विरुद्ध खेल्ने छ । त्रिदेशीय प्रतियोगिता अन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्किस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले कीर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।
जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ । प्रतियोगिताका आयोजना एन्फाले गरेको हो । यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण