लकडाउनको एक वर्षः यी सेलिब्रिटीले भोगे चरम आर्थिक अभाव, कसैले तरकारी बेचे त कसैले गरे आत्महत्या
कोरोना लकडाउन एक वर्ष पूरा भएको छ । थुप्रै सैलिब्रिटीका लागि यो निकै खराब अवस्था साबित भएको थियो । टीभीका थुप्रै कलाकारले लकडाउनका कारण काम पाएनन् जसका कारण उनीहरुले चरम आर्थिक अभावको सामना गर्नुपरेको थियो । कतिले मिडियामा आएर मद्दतका लागि गुहार लगाए त कतिले काम नभएका कारण आत्महत्या गरे भने कतिको बिरामी भएपछि उपचार गर्न नपाएर मृत्यु भयो ।
मनमीत ग्रेवालः
३२ वर्षका मनमीत ग्रेवालले १५ मेमा आत्महत्या गरेका थिए । मनमीतको आत्महत्याको कारण आर्थिक समस्या नै भएको बताइन्छ । आफ्नो पछिल्लो भुक्तानी नपाएका कारण उनले आत्महत्या गरेको बताइन्छ । उनका साथी मंजीत सिंहले एक कुराकानीमा केही दिन अघि मनमीतका साथीले पनि पङ्खामा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । उनी पनि आर्थिक समस्याले जेलिएका थिए । दुबैले विदेश यात्राका लागि ऋण लिएका थिए र उनीहरुले यसको भुक्तानी गर्न पाइरहेका थिएनन् । लकडाउन भएपछि मनमीत थप तनावमा थिए र उनले आत्महत्याजस्तो कदम उठाए ।
आशीष रोयः
‘ससुराल सिमरका’ जस्ता टिभी सिरियल्समा देखिएका अभिनेता आशीष रोयको २४ नोभेम्बरमा मुम्बईमा निधन भएको थियो । ५५ वर्षका अभिनेताको मृत्यु मृगौला फेल भएका कारण भएको हो । आशीष पछिल्ला केही वर्षदेखि मृगौला रोगसँग जुधिरहेका थिए र उनीसँग उपचारका लागि पैसा थिएन । अघिल्लो एक वर्षमा उनले सोसल मिडियामार्फत् मानिसहरुसँग आर्थिक मद्दतको गुहार लगाएका थिए ।
रामवृक्ष गौरः
थुप्रै टिभी शोमा सह निर्देशकको रुपमा काम गरिसकेका रामवृक्ष गौर काम नभएका कारण आजमगढमा तरकारी बेच्न बाध्य भएका थिए । यद्यपि, अब उनले यो काम बन्द गरेका छन् । रामलाई विश्वास गर्ने हो भने अब उनले एक भोजपुरी फिल्ममा काम पाएका छन् जसमा उनी सह–निर्देशक रहनेछन् ।
उनले भने, ‘पछिल्लो १८ वर्षमा मैले थुप्रै टिभी शोज र फिल्ममा काम गरेँ जसमार्फत् मैले राम्रै पैसा पनि कमाएँ । यद्यपि, पछिल्लो २ वर्षमा मेरो स्वास्थ्य निकै खराब चलिरहेको छ जसका कारण म धेरै काम गर्न सक्दिनँ । यतिबेला मेरो जति पनि बचत थियो त्यो उपचारमा खर्च भयो ।’
‘कसै गरी काम चलिरहेको थियो तर लकडाउनमा मेरो आर्थिक स्थिति निकै खराब भयो । केही पैसा जोहो गर्नका लागि मैले पुनः सब्जी बेच्ने पुरानो काम गर्न सुरु गरेँ । यसमा मलाई केही गलत लागेन ।’
सोलंकी दिवाकरः
दिवाकर आयुष्मान खुरानाको ‘ड्रीमगर्ल’ र सुशान्त सिंह राजपूतको ‘सोनचिरैया’ मा देखिएका थिए । लकडाउन अघि दिवाकर ऋषि कपुरसँग फिल्म ‘शर्मा जी नमकीन’ को सुटिङ गरिरहेका थिए तर फिल्मको सुटिङ बन्द भयो र दिवाकरसँग कुनै काम भएन । यस्तोमा उनले दिल्लीमा फलफूल बेच्ने काम सुरु गरे ।
दिवाकरले न्यूज एजेन्सी एएनआईसँगको कुराकानीमा भनेका थिए, ‘लकडाउन बढेपछि मलाई आफ्नो घरको भाडा बुझाउन र परिवारको आवश्यकता पूरा गर्न समस्या हुन थाल्यो । त्यसैलै मैले फल बेच्नेकाम सुरु गरेँ ।’
राजेश करीरः
अघिल्लो वर्ष बेगुसराय र सीआईडीजस्ता टिभी शोमा काम गरिसकेका अभिनेता राजेश करीरको भिडियो भाइरल भएको थियो । भिडियोमा उनले रुँदै आर्थिक समस्याबारे कुरा गर्दै मानिसहरुसँग मद्दतको गुहार लगाएका थिए । थुप्रै मानिसहरुले राजेशलाई आर्थिक मद्दत गरेर उनलाई राहत पुर्याए ।’
राजेशले भने, ‘यस्तो लाग्यो जस्तो कि पूरा देश मेरो मद्दत गर्न अघि आयो । म तपाईंहरु सबैप्रति भित्रै मनदेखि आभारी छु । तपाईंहरु सबैले मेरो हैसियतभन्दा बढी मेरो मद्दत गर्नुभयो तर अब मेरो अकाउन्टमा पैसा नहालिदिनुहोस भन्न चाहन्छु । मैले आशा गरेभन्दा बढी आर्थिक मद्दत पाइसकेँ । तर अब मैले आफ्नो परिवारको आफैंले ख्याल राख्नुपर्छ ।’
नुपूर अलंकारः
स्वरागिनी, यस प्यार को क्या नाम दूँ, दीया और बाती हम, अगेल जनम मोहे बिटिया ही कीजो र घरकी लक्ष्मी बेटियांजस्ता टीभी सिरियलमा काम गरिसकेकी नायिका नुपूर अलंकार पनि लकडाउनमा आर्थिक समस्यासँग जुधेको खबर आयो ।
उनकी साथी रेणुका शहाणेले एक फेसबुक पोस्टमा नुपूरलाई आर्थिक मद्दत गर्न अपिल गरेकी थिइन् । रेणुकाले नुपूरसँग आफ्नी बिरामी आमाको उपचार गर्नका लागि पैसा नभएको बताएकी थिइन् । उनको मद्दतका लागि अक्षय कुमार अगाडि आएका थिए । पछि नुपूरले अक्षयलाई मद्दतका लागि धन्यवाद भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण