थ्यालियमले लिए सासूको ज्यान, श्रीमती कोमामा... सद्दाम हुसैनको किताबबाट लिए आइडिया
दिल्लीको एक रियल स्टेट कारोबारी वरुण अरोडाले इराकका तानाशाह सद्दाम हुसैनले आफ्नो राजनीतिक विरोधीलाई मार्नका लागि थ्यालियम नामक विषाक्त पदार्थको उपयोग गर्नेबारे पढे । यहि आइडियामा दिल्लीका यी कारोबारीले आफ्नो सासू र श्रीमतीलाई मार्ने योजना बनाए ।
उनले फेब्रुअरी महिनामा आफ्ना सासू, ससुरा, साली र श्रीमतीलाई माछासँगै थ्यालियम खुवाए । हालै उनकी सासूको मृत्यु भयो र उनकी श्रीमती कोमामा पुगिन् । यस्तै उनकी सालीको पनि यति नै बेला मृत्यु भयो ।
यो घटनाबारे त्यतिबेला पर्दाफास भयो जब कारोबारीका ससुरा र होमियोप्याथी औषधीका निर्माता देवेन्द्र मोहन शर्माले उनकी श्रीमती अनिता शर्माको गंगा राम अस्पतालमा मृत्यु भएको र हत्याका लागि उनलाई आफ्ना ज्वाईं वरुण अरोडामाथि शंका भएको बताए । ससुराले फेब्रुअरी महिनामा उक्त घटनाबारे कुरा गरेका थिए । उनका अनुसार वरुणले पूरा परिवारलाई माछा खुवाएको तर आफ्ना बच्चालाई नखुवाएको र आफूले पनि नखाएको बताए । यहि खानामा उनले विषाक्त पदार्थ मिसाएका थिए ।
प्रहरीले जब मृतक सासूको पोस्टमार्टम गराए तब मृतक महिलाको शरीरमा थ्यालियमको भारी मात्रा पाइयो । त्यसपछि प्रहरीले आरोपीकी श्रीमतीको पनि मेडिकल गराए जो हाल कोमामा छिन् । आरोपीकी श्रीमतीको शरीरमा पनि थ्यालियमको अत्यधिक मात्रा भेटियो । त्यसपछि प्रहरीले आरोपीको ल्यापटप र सिस्टमलाई आफ्नो कब्जामा लिएर अनुसन्धान गरे । प्रहरीले उनको इन्टरनेट हिस्ट्रीमा सद्दाम हुसैनसँग सम्बन्धित कन्टेन्ट पढिएको पाए जसमा उनले सद्दाम हुसैन आफ्नो राजनीतिक प्रतिद्वन्द्वीसँग जुध्नका लागि थ्यालियमको प्रयोग गर्ने कुरा लेखिएको थियो । हाल प्रहरीले आरोपी कारोबारी वरुण अरोडालाई पक्राउ गरेको छ ।
के हो थ्यालियम ?
थ्यालियम एक अत्यधिक विषालु धातु रासायनिक तत्व हो । यसको खोज अंग्रेज वैज्ञानिक विलियम क्रुक्सले १९ औं शताब्दीमा एक विशेष सेलेनियम युक्त पायराइटमा वर्णक्रममापी उपकरणद्वारा गरिएको थियो । थ्यालियमको प्रयोग किराफट्याङ्ग्रा र मुसाको विषको रुपमा गरिन्थ्यो तर यो मानिसका लागि पनि जोखिम भएकोले यसको प्रयोगमा रोक लगाइएको थियो । कसैको ज्यान लिनका लागि यसको थोरै मात्रा पनि काफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण