आमिरपछि माधवनलाई कोरोनाः नायकले भने, ‘रेन्चो... भाइरसले समात्यो’
बलिउडका मिस्टर पर्फेक्सननिस्टपछि अब आर माधवनलाई पनि कोरोना संक्रमण भएको छ । नायकले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गरेर आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । नायकले सन् २००९ मा रिलिज भएको फिल्म थ्री इडियट्ससँग आफ्नो कुरा जोड्दै सबै कुरा ठिक भएको र आफू तीब्र गतिमा यो रोगबाट निको भइरहेको बताएका छन् ।
आर माधवनले फिल्म थ्री इडियट्सको पोस्टरबाट आफ्नो र आमिर खानको तस्बिर साझा गर्दै लेखेका छन्, ‘फरहानले र्यान्चोलाई फलो गर्नुपर्ने थियो र भाइरसले सधैं उनलाई फलो गरिरहेको थियो । यद्यपि, यसपटक उसले उनलाई समातिहाल्यो । तर अल इज वेल र कोभिड पनि चाँडै नै इनारमा जानेछ । यद्यपि, यहाँ हामी राजूको प्रवेश होस् भन्ने चाहँदैनौं । धन्यवाद तपाईंको प्रेमका लागि । म तीब्र गतिमा निको भइरहेको छु ।’
Farhan HAS to follow Rancho and Virus has always been after us BUT this time he bloody caught up. 😡😡😄😄BUT-ALL IS WELL and the Covid🦠 will be in the Well soon. Though this is one place we don’t want Raju in😆😆. Thank you for all the love ❤️❤️I am recuperating well.🙏🙏🙏 pic.twitter.com/xRWAeiPxP4
— Ranganathan Madhavan (@ActorMadhavan) March 25, 2021
स्मरण रहोस्, फिल्म थ्री इडियट्समा आमिर खानले रेन्चोको भूमिका निभाएका थिए र आर माधवन फरहानको भूमिकामा थिए । शरमन जोशीले यो फिल्ममा राजू रस्तोगीको भूमिका निभाएका थिए र बोमन ईरानीले फिल्ममा कलेजका डीन वीर सहस्त्रबुद्धि (भाइरस) को भूमिका निभाएका थिए । फिल्मका पात्रलाई जोड्दै आर माधवनले ट्वीटमा आफ्नो कुरा बताएका हुन् । स्मरण रहोस्, थ्री इडियट्स निकै हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण