एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी महिलाको श्रीमानको हत्या

सिरहा– सिरहाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा गएराती एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको छ । आफ्नै घरमा सुतिरहेको वेला गएराती राती ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको प्रहरीले जनाएको छ ।
राती अवेर मिर्चैयाबाट साथीहरुसँग मतिरा सेवन गरी आएका उनी काठको दुइतल्ले घरका भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए ।
माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ ।
साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुदामा जेल सजाय भुक्तान गरी घर आएको जनाइएको छ ।
असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर वनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् ।
साहको २ छोरा र २ छोरी रहेको जनाएको स्थानीयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला