एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी महिलाको श्रीमानको हत्या
सिरहा– सिरहाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा गएराती एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको छ । आफ्नै घरमा सुतिरहेको वेला गएराती राती ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको प्रहरीले जनाएको छ ।
राती अवेर मिर्चैयाबाट साथीहरुसँग मतिरा सेवन गरी आएका उनी काठको दुइतल्ले घरका भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए ।
माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ ।
साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुदामा जेल सजाय भुक्तान गरी घर आएको जनाइएको छ ।
असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर वनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् ।
साहको २ छोरा र २ छोरी रहेको जनाएको स्थानीयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण