पाँचथरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
पाँचथर । यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । निर्माणाधीन तमोर करिडोर सडकको कुम्मायक गाउँपालिका–४ वन थाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर आज चिप्लिएर दुर्घटना भएको हो । भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानो गाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरक फरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामुदायिक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो । हालैमात्र यहाँ सडकको ट्र्याक खोल्ने काम शुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण