ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा आवेदन दिएकाहरु मध्ये अधिकतम ५ लाख ९४ हजार आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
कुल १८ लाख ४२ हजार ४९३ जनाको आवेदन परेकोमा आवेदन दिनेमध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ । भने बाँकी रहेका ४४ हजार ६४५ जनाको आवेदन भने रद्द भएको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एकसय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइट https//Miporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण