ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा आवेदन दिएकाहरु मध्ये अधिकतम ५ लाख ९४ हजार आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
कुल १८ लाख ४२ हजार ४९३ जनाको आवेदन परेकोमा आवेदन दिनेमध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ । भने बाँकी रहेका ४४ हजार ६४५ जनाको आवेदन भने रद्द भएको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एकसय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइट https//Miporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने