नयाँ संसद भवनको निर्माणकार्य २७ प्रतिशत सकियो
काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद भवनको निर्माण कार्य २७ प्रतिशत सकिएको छ । निर्माणाधीन भवनको शुक्रबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले अवलोकन गरेकी छन् । अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरेकी छिन् । ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन’ उपाध्यक्ष दाहालले भनिन्– ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरू के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नहोस् ।’
सरकारी पक्षबाट संसद भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको जानकारी दिए ।

उनका अनुसार ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ । पन्थीले भवन निर्माणका लागि सामग्री आयातमा सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । विदेशबाट ल्याउनुपर्ने सामग्री र स्वदेशकै निर्माण सामग्री पनि ल्याउन समस्या भएकोले आफूहरुलाई अप्ठ्यारो भएको उल्लेख गरे ।
संसद भवनको निर्माण टुन्डी शेक जेभीले गरिरहेको छ । सिंहदरबारको १ सय ५१ रोपनी क्षेत्रफलमा बनिरहेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो । ३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि निर्माण कम्पनीले २०७९ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण