इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु, ६६ घाइते
एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।
देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
‘यो दुर्घटना एकदमै डर लाग्दो दुर्घटना हो, आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घटना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ एक जना कृषक अहमद रेफातले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण