बदलिन सक्छ चीनको इतिहास
चीनको दक्षिण पश्चिम भागमा गरिएको एउटा खोजमा पुरातत्वविदले रहस्यमय खजाना भेटेका छन् । यसको सम्बन्ध कुनै अज्ञात सभ्यतासँग रहेको अनुमान गरिएको छ । यस खजाना बारे इतिहास जान्न सकिएको खण्डमा चीनको इतिहाससमेत बदलिन सक्ने अनुमान गरिएको छ ।
पुरातत्वविदले खोजमा एउटा सुनको मुकुट प्राप्त गरेका छन् । जो प्राचिन सभ्यताको पुजारीको हुनसक्ने अनुमान गरिएको छ ।
यस खजानाको खोज सिचुआन प्रान्तको गुआनघान स्थित शानक्सीगदुइ पुरातत्वस्थलमा गरिएको थियो । खोजबाट प्राप्त खजाना कुनै एकदमै विकसित सभ्यताको हिस्सा मानिएको छ जुन हजारौं वर्षसम्म अस्तित्वमा रहेको थियो ।
चीनको सरकारी अधिकारी तथा खोजकर्ताका अनुसार चीनको ज्ञात इतिहासमा यस्तो कुनै सभ्यताको बारेमा उल्लेख छैन । खोजकर्ताले उक्त खोज सन् २०१९ मा शुरु गरेका थिए ।
पुरातत्वविदले यो खोजबाट सुन, पित्तल, जेड तथा हात्तिको दाँतबाट बनेको पाँचसय कलाकृति प्राप्त गरेका थिए । यो सबै कलाकृति तीन हजार वर्ष भन्दा बढी पुरानो हुनसक्ने अनुमान गरिएको छ ।
खोजमा पुरातत्वविदले एउटा सुनको मास्क पनि प्राप्त गरेका छन् । यसलाई त्यस समयको पुजारीले लगाउने गरेको मानिएको छ । यी सबै अवशेष ३.५ देखि १९ वर्गमिटरको क्षेत्रफलमा प्राप्त भएका छन् । यस खोजले शू सभ्यताको बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण