शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जब अमिताभले एकै रातमा फेरिदिएका थिए राष्ट्रपति भवनको वर्षौं पुरानो नियम, यस्तो छ किस्सा

शनिबार, १४ चैत २०७७, १५ : ४४
शनिबार, १४ चैत २०७७

अमिताभ बच्चनलाई बलिउड फिल्म इन्डष्ट्रिले àशताब्दीका महानायक’ को उपाधि दिएको छ । उनले जे जति गर्छन्, त्यसलाई धेरैले प्रशंसा पनि गर्छन् ।

यसैबीच एक भारतीय समाचार माध्यमले अमिताभको एक कदमले राष्ट्रपति भवनमा वर्षौंदेखि चलिरहेको नियम परिवर्तन गरिदिएको बारे जानकारी दिएको छ ।

स्रोतका अनुसार यो कुरा सन् १९८३ को हो जब अमिताभ बच्चन फिल्म निर्माता टिनू आनन्दको निर्देशनमा बनेको फिल्म ‘मै आजाद हूं’ को सुटिङ गरिरहेका थिए ।

उक्त फिल्ममा शबाना आजमी अमिताभ बच्चनसँग मुख्य भूमिकामा देखिएकी थिइन् । त्यसको केही समय अघि अमिताभ राजनीतिमा आउन लागेको विषयमा व्यापक चर्चा हुने गर्दथ्यो । फिल्मको सुटिङका बेला एक दिन कुरैकुरामा शबानाले अमिताभलाई एक प्रश्न सोधिन् । शबानाले सोधिन्, ‘सांसद हुँदा के तपाईंले कुनै परिवर्तन गर्नुभएको छ वा कुनै नयाँ कानून बनाउनुभएको छ ?’ यसको जवाफमा अमिताभले एउटा रोचक किस्सा सुनाउन सुरु गर्छन् ।

अमिताभले भने, ‘एकपटक मलाई राष्ट्रपति भवनमा डिनरका लागि आमन्त्रित गरिएको थियो । हामी खानाको टेबलमा बसेका थियौं र मेरो नजर अगाडिको प्लेटमा परेको थियो । म त्यो देखेर थोरै निराश भएँ । हामी सबैजना जुन प्लेटमा खाना खाइरहेका थियौं त्यसमा राष्ट्रय प्रतिक अर्थात् अशोक स्तम्भ बनेको थियो । यो देखेर मेरो मनमा विभिन्न प्रश्न उठे तर त्यो दिन केही बोल्न सकिनँ ।’

पछि अमिताभले संसद भवनमा आफ्नो कुरा राख्दै खानाको प्लेटमा राष्ट्रिय प्रतिक हुनु त्यसको अपमान भएको बताए । त्यसको केही दिनपछि एउटा कानून पारित भयो जसमा स्पष्ट रुपमा खानाको प्लेटमा राष्ट्रिय प्रतिक हुनुहुँदैन भन्ने जानकारी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप