बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काजल अग्रवालः कुनैबेला बलिउडकी फ्लप हिरोइन, आज साउथकी चर्चित नायिका; यस्तो छ विलासी जीवनशैली

शनिबार, १४ चैत २०७७, १६ : ४५
शनिबार, १४ चैत २०७७

यदि कुनै काम पूरा तन मन लगाएर गरिन्छ भने उक्त काम पूरा हुन केही कसैले रोक्न नसक्ने बताइन्छ । आफ्नो कामको विषयमा यस्तै सोच राख्छिन् अभिनेत्री काजल अग्रवाल । हुन त उनी एक समय बलिउडमा फ्लप हिरोइनको रुपमा चर्चित थिइन् तर उनले आफ्नो कडा मिहिनेतले साउथ इन्डष्ट्रिमा थुप्रै सुपरहिट फिल्म दिइन् र आज एक सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् । आफ्नो फिटनेसदेखि आफ्नो विलासी जीवनशैलीका लागि काजल धेरैजसो चर्चामा आइरहन्छिन् । उनको जीवनशैली कस्तो छ त, यसबारे कुरा गरौं ।

काजल अग्रवाललले आफ्नो एक अन्तरवार्तामा आफूले खानामा दही, फलफूल र हरिया सागसब्जी समावेश गर्ने गरेको बताएकी छिन् । यसबाहेक उनले फलफूलको रस, नरिवलको पानी र पर्याप्त मात्रामा पानी पिउने गरेको पनि बताइन् ।

यसका साथै उनी आफ्नो खानामा सलादलाई कुनै पनि अवस्थामा समावेश गर्छिन् । यसमा मौसमी फलफूल, सागसब्जी, काँक्रो, स्याउ, एभोकाडो आदि समावेश छ । आफूलाई स्वस्थ राख्नका लागि उनी दैनिक दही र पनिरको सेवन गर्छिन् ।

यतिमात्रै होइन, काजल अग्रवाल नियमित रुपमा व्यायाम पनि गर्छिन् । उनी स्ट्रेन्थ ट्रोनिङ, आथ्र्रो पाइलेट्स, वेट ट्रेनिङ र फ्रिह्यान्ड व्यायामका साथै डान्स पनि गर्छिन् ।

काजल अग्रवालले आफ्नो फिल्मी करियरको सुरुवात बलिउडमा फिल्म ‘सिंघम’ मार्फत् गरेकी थिइन् । साथै उनी ‘स्पेशल २६’  र ‘दो लफ्जों’ की कहानी फिल्ममा पनि देखिएकी थिइन् । तर बलिउडमा उनले आफ्नो जलवा देखाउन सकिनन् र त्यसपछि उनी साउथ फिल्म इन्डष्ट्रिमा गइन् । यहाँ उनी शीर्ष अभिनेत्रीमध्ये एक हुन् ।

काजल आफ्नो कमाई फिल्म, विज्ञापन, सोसल मिडिया र ब्रान्ड प्रोमोशनमार्फत् गर्छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक फिल्मका लागि तीनदेखि चार करोड भारुसम्म लिने गर्छिन् ।

काजलसँग थुप्रै विलासी कार पनि छन् । यसमा बीएमडब्ल्यू फाइभ सिरिज, रेन्ज रोवर, बीएमडब्ल्यू सेभेन सिरिज, मिनी कूपर र अडी एफोर जस्ता विलासी कार छन् । यसको मूल्य करोडौं पर्छन् ।

काजल अग्रवालको कुरा गर्ने हो भने उनीसँग एक नभई दुई आलीशान घर छन् । एउटा मुम्बईमा छ र अर्को हैदराबादमा छ । यी घरमा सुख–सुविधाका हरेक सामान छन् । यी दुई बंगलाको मूल्य पनि करोडौंमा छ ।

यस्तै, काजल अग्रवालको कूल सम्पत्तिको कुरा गर्ने हो भने उनी लगभग ६ मिलियन डलर अर्थात् ६९ करोडभन्दा बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप