सरकार गुड न्यूजका साथ अघि बढेको छः सरकारका प्रवक्ता
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गुड न्युजका साथ अघि बढिरहेको बताएको छ । काठमाडौंबासीको सपनाको रुपमा रहेको मेलम्ची काठमाडौं ल्याएको, विकास निर्माणका कामलाई गति दिएको जस्ता विषय गुड न्यूज भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘सरकार गुड न्यूजका साथ अघि बढिरहेको छ । फागुको समापन आजबाट सकिँदैछ । लामो समयसम्म मेलम्चीको खानेपानीको पर्खाइमा रहेकोका काठमाडौंबासीको सपना पुरा भएको छ । सरकार यसमा गौरव गर्छ’, उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजना सम्पन्न गर्ने अभियानमा निरन्तर सरकार लागेको छ । राजनीतिक रुपमा केही अवरोध भएपनि विकास निर्माणका कामहरु तीव्र गतिमा भइरहेको छ । यसलाई गुड न्युजका रुपमा उपस्थित भइरहेका छौं’
उनले मौसममा प्रतिकूलताका कारण स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु पर्ने आवश्यकता देखिएको भन्दै बालबालिका र जेष्ठ नागरिकलाई विशेष ध्यान दिन आग्रह गरे । कोभिडले दोस्रो चरणको होहल्लानबाट केही त्रास फैलिएपनि सरकार उचित व्यवस्थापनमा लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण