बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘दंगल गर्ल’ फातिमा कोरोना संक्रमित

मङ्गलबार, १७ चैत २०७७, १७ : ३२
मङ्गलबार, १७ चैत २०७७

मुम्बई । ‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद । सुरक्षित रहनुहोस् साथीहरु ।’

कामको कुरो गर्ने हो भने फतिमा अभिनेता अनिल कपुरसँग एक फिल्मको सुटिङमा ब्यस्त रहेकी छन् । फिल्मको बारेमा अहिले धेरै जानकारी सार्वजनिक गरिएको छैन । उनी पछिल्लो समय फिल्म ‘लुडो’ मा देखिएकी थिइन् । फिल्ममा उनको अपोजिट भूमिकामा राजकुमार राव रहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप