चीनले उपलब्ध गराएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय
बुधबार, १८ चैत २०७७, १७ : ३३
काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।
राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए । भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण