जनावरका लागि पनि बन्यो कोरोनाको खोप
एजेन्सी । कोरोना भाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो ।
खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो । उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए । परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
“यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,” एक स्वास्थ्य अधिकारीले भने । सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ । त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन् । खोपको विकास रुसको सङ्घीय पशु स्वास्थ्य केन्द्रले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण