रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’
मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने भएको छ । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले एक प्रेस मिटमा उक्त अवार्डको घोषणा गरेका हुन् ।
मन्त्री जावडेकरले प्रेम मिटमा भने ‘हामीलाई खुसी लागेको छ । देशको सबै भागका फिल्मकर्मी, निर्माता, निर्देशक, गायक, संगीकार सबैलाई समय समयमा ‘दादा साहेब फाल्के अवार्ड’ मिलेको छ । अहिले यो बर्षको अवार्ड महानायक रजनीकान्तलाई घोषणा गर्दा मलाई धेरै खुसी लागेको छ ।’
पत्रकार सम्बेलनमा मन्त्री जावडेकरले रजनीकान्तले विगत पाँच दशकदेखि फिल्मको संसारमा राज गरेको समेत बताएका छन् ।।
अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए । उनीहरुले सर्वसम्मतिमा रजनीकान्तको नाम सिफारिश गरेका हुन् ।
अभिनेता रजनीकान्तले एकसेएक फिलम अभिनय गरेका छन् । दरबार, २.०, द रोबोट, त्यागी, चालबाज, अन्धा कानुन, कबाली, खुनका कर्ज, दोस्ती दुस्मनीलगायत थुप्रै हिट फिल्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण