मनकामना केबलकार डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै
काठमाडौं । मनकामना केबलकारको स्तरोन्नति हुने भएको छ । नयाँ नयाँ प्रविधिको विकास भएसँगै केबलकारलाई नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जनाएको छ ।
२०५५ सालदेखि संचालनमा आएको मनकामना केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ वर्षको अवधि लाग्ने कम्पनीले जनाएको छ । यो अवधिमा बेलाबखत केबलकारको सेवामा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले यात्रु तथा भक्तजनहरूलाई जानकारी गराएको छ ।
केबलकारको स्तरोन्नतीका लागि कम्पनीले पहिलो चरणमा पार्टपुर्जा फेर्ने र दोस्रो चरणमा नयाँ पूर्वाधारको निर्माण गरिने जनाएको छ । यसैगरी, तेस्रो चरणमा एनालग प्रविधिमा संचालन भइरहेको केबुलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने, मुख्य लठ्ठा (केबल)लाई फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुमान्तरण गरी हाल विश्वभर संचालनमा आएको प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण