सेयर बजारमा सवा सात अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । होटल्स तथा पर्यटन समूह ७७.२२ अंकले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६.६६ अंकको गिरावट छ । म्यूचुअल फण्ड ०.०३ अंक र लगानी समूह १.०९ अंकले घटेको छ ।
सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स परेको छ । यसको सेयर मूल्य ४ सय २० रुपैयाँ छ ।
चन्द्रागिरीको सेयर मूल्य ७० रुपैयाँले घटेर २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । बिहिबार अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन