सेयर बजारमा सवा सात अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । होटल्स तथा पर्यटन समूह ७७.२२ अंकले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६.६६ अंकको गिरावट छ । म्यूचुअल फण्ड ०.०३ अंक र लगानी समूह १.०९ अंकले घटेको छ ।
सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स परेको छ । यसको सेयर मूल्य ४ सय २० रुपैयाँ छ ।
चन्द्रागिरीको सेयर मूल्य ७० रुपैयाँले घटेर २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । बिहिबार अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण