काँग्रेस केन्द्रीय समिति बैठक आज : के छन् छलफलका एजेण्डा ?
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उनले जानकारी दिए ।
बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल भने हुने खड्काको भनाइ छ । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।
संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न सकेको थिएन । काँग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।
पार्टीको संस्थापन इत्तर पक्ष वर्तमान केपी ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि बैठकले अन्य दललाई आह्वान गर्नुपर्ने पक्षमा छ । तर सभापति शेरबहादुर देउवा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छन् ।
ओली सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका र जसपाको एउटा पक्ष ओलीसँग छलफलमा रहेकाले नयाँ सरकार निर्माणका लागि परिपक्व परिस्थिति बनिनसकेको देउवाको बुझाइ छ । तर इत्तर पक्ष भने काँग्रेसले संस्थागत निर्णय लिएर जाँदा उनीहरुमाथि पनि दबाब सिर्जना हुने भन्दै बैठकबाट निर्णय लिनुपर्ने पक्षमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण