वैज्ञानिक भन्छन्, 'यस वर्ष नै कोरोना भ्याक्सिनको नयाँ खोपको आवश्यकता पर्छ'
संसारमा कोरोना भाइरसको दोस्रो लहरसँगै आखिर यो भ्याक्सिनले कति समय काम गर्छ भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न बनेको छ । कोरोनाको जीन म्युटेशन तथा नयाँ भेरियन्ट माथि फलानो कम्पनीको भ्याक्सिन यति प्रतिशत प्रभावकारी भनेर भन्ने गरिए पनि वैज्ञानिकहरुले आउने कैयौं वर्षसम्म कोरोना भाइरसले नयाँ–नयाँ रूप फेरिइरहने ठहर गरेका छन् ।
एपिडेमियोलोजिस्ट (Epidemiologists) तथा भायरोलोजिस्ट (Virologists) का अनुसार पहिलो जेनेरेशनको भ्याक्सिनले मुश्किलले एक वर्ष काम गर्नेछ । यसकारण पनि उनीहरुको जोड चाँडो भन्दा चाँडो भ्याक्सिन लगाउनमा छ ।
तर, जीन म्युटेशन पछि देखिएको कोरोनाको नयाँ स्वरुपका लागि पूरानो भ्याक्सिनले काम नगर्ने तथा यसका लागि यसै वर्ष अर्को भ्याक्सिन तयार पार्नुपर्ने जरुरी छ । नयाँ स्वरुपको कोरोना भाइरसले पहिलेको तुलनामा मानिसलाई चाँडै नै संक्रमित बनाउने खतरा छ ।
भ्याक्सिन एलाइन्स थिमको रुपमा काम गर्ने पिपल भ्याक्सिन एलाइन्सले (People's Vaccine Alliance) गरेको सर्वेक्षणका अनुसार यो भ्याक्सिनले एक वर्षसम्म मात्र काम गर्ने शोधमा संलग्न दुई तिहाइको मत छ भने बाँकी एक तिहाई अब नयाँ भ्याक्सिन ल्याउनका लागि नौ महिनाभन्दा कम समय मात्र बाँकी छ ।
यो सर्वेक्षणमा २८ देशका ७७ विख्यात वैज्ञानिक संलग्न रहेका थिए । यी वैज्ञानिकले यल, जोन हप्किन्स तथा इम्पेरियल कलेज जस्ता विश्वका नाम चलेका संस्थामा काम गरिसकेका छन् । वैज्ञानिकका अनुसार समयमै खोप लगाएर हालको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन्छ । जसले भविष्यमा देखिने भाइरसको चुनौती सामना गर्न समेत सजिलो हुन्छ ।
अमेरिका तथा बेलायतमा खोप अभियानले तिब्रता लिएको छ । उक्त देशमा करिब एक चौथाइ जनतामा पहिलो चरणको खोप लगाइ सकिएको छ । तर, दक्षिण अफ्रिका तथा थाइल्यण्डमा भने एक प्रतिशतमा पनि खोप लगाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण