तीन बच्चाका पितालाई बनाएकी थिइन् जीवनसाथी, विवादले भरिएको छ जया प्रदाको नीजि जीवन
दिग्गज बलिउड अभिनेत्री जया प्रदा शनिबार आफ्नो ६६ औं जन्मदिन मनाइरहेकी छिन् । आन्ध्र प्रदेशको राजामुन्द्रीमा जन्मिएकी जयाले हिन्दी सिनेमालाई थुप्रै हिट फिल्म दिएकी छिन् । उनका पिता कृष्णा राव एक फिल्म फाइनेन्सर थिए र उनकी आमा गृहिणी थिइन् । जया आफ्नो स्कूलको वार्षीक कार्यक्रममा प्रस्तुती दिन्थिन् । त्यति नै बेला उनलाई एक निर्देशकले देखे र उनलाई आफ्नो फिल्ममा कास्ट गर्ने निर्णय गरे ।
त्यतिबेला जया १२ वर्षकी थिइन् र उनलाई एक फिल्ममा परफर्म गर्ने मौका पाएकी थिइन् । फिल्मको नाम थियो ‘भूमि कोसम’ र यो फिल्मको तीन मिनेटको गीतमा जयाले प्रस्तुती दिनु थियो । जया फिल्ममा काम गर्नका लागि संकोच महसुस महसुस गरिरहेकी थिइन् । तर उनको परिवारले उनलाई प्रोत्साहित गर्यो त्यसपछि उनले यो क्षेत्रमा कदम बढाइन् । उनले पहिलो फिल्मका लागि १० भारु मात्रै पारिश्रमिक पाएकी थिइन् ।
जया व्यावसायिक जीवनबाहेक नीजि जीवनका लागि पनि बढी चर्चामा रहेकी छिन् । २२ फेब्रुअरी सन् १९८९ मा जयाले श्रीकान्तले जयासँग विवाह गरेपछि पनि आफ्नी जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिएनन् । यसैकारण यो विवाह निकै चर्चित रह्यो । श्रीकान्तको जेठी श्रीमतीबाट तीन सन्तान थिए ।
के हो जया प्रदाको वास्तविक नाम ?
स्मरण रहोस्, जया प्रदा र श्रीकान्तका कुनै सन्तान छैनन् । जयाले पछि आफ्नी बहिनीकी बच्चालाई पालेकी थिइन् । जया प्रदाको वास्तविक नाम उनका धेरैजसो प्रशंसकलाई थाहा छैन । स्मरण रहोस्, उनको वास्तविक नाम ललिता रानी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण