गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते
शनिबार, २१ चैत २०७७, २३ : ०५
काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।
जिपमा सवार ९ जनामध्ये ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले बताए । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण