भारतमा कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि, २४ घण्टामा १ लाखभन्दा बढी बिरामी भेटिए
भारतमा आइतबार कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ९ सय ९४ नयाँ संक्रमित भेटिएका छन् । यो एकदिन भेटिएको सबैभन्दा उच्च संक्रमित हो । यसअघि १६ सेप्टेम्बरमा ९७,८६० नयाँ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा ५२,८४० बिरामी ठिक भए भने ४७७ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि सर्वाधिक ५०,४३८ को वृद्धि भएको छ । भारत संसारको एक्लो देश हो जहाँ पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।
हुन त भारत भरी यो महामारी भयावह भइरहेको छ तर महाराष्ट्रमा पूर्ण रुपमा अनियन्त्रित भइसकेको छ । महाराष्ट्रमा नयाँ संक्रमितको आँकडाले हरेक दिन नयाँ रेकर्ड छोइरहेको छ । आइतबार राज्यमा ५७,०७४ संक्रमित भेटिएका छन् । यस्तै फ्रान्समा आइतबार ६०,९२२ नयाँ संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण