बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् । उनले भनेका छन्– ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।’
उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरू र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ । आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा
-
संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै
-
कांग्रेसद्वारा मतदान बहिष्कार
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
आईपीएलका रोचक पक्ष : निरीह मुम्बई, अनुमान गर्न कठिन राजस्थान र बैंगलुरुको प्रदर्शन
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )