कर्णालीमा एमालेले नयाँ सरकार निर्माणको गृहकार्य थाल्यो
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो । एमाले सांसद सुशील थापाले रातोपाटीलाई भने, ‘सरकार बनाउनका लागि अन्य दलहरूसँग समन्वय र सल्लाह गर्ने काम यामलाल कँडेलले गर्नेछन् ।’
एमालेबाट सरकारमा रहेका तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका छन् । उनीहरुले पार्टीको निर्णयलाई स्वीकार गर्दै सरकारबाट राजीनामा दिएको बताएका छन् । यस्तै संसदीय दलको बैठकले आफ्नो पार्टीको विधान पनि पास गरेको छ ।
सांसद थापाले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर अब बाटो खुला गरिदिनुपर्छ ।’ बाटो खुला गरिदिएपछि नयाँ सरकार बनाउन सहज हुन्छ ।’ नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’ उनले भने । यद्यपि, मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने तत्कालै राजीनामा दिने सोचमा छैनन् ।
एमालेले चैत ५ गते समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा समर्थन कायम रहेको देखाउन मुख्यमन्त्री शाहीलाई अब पाँच दिनको समयावधि बाँकी रहेको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ ।
जसको उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
तर, शाही विश्वासको मत लिने योजनामा रहेको मुख्यमन्त्रीको सचिवालय स्रोतको दावी छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र १ जना राप्रपाका सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण