चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत हुने आइएमएफको प्रक्षेपण
काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरको दुई अन्तर्राष्ट्रिय संस्थाले फरक–फरक प्रक्षेपण गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । जबकी केही दिनअघि मात्र विश्व बैंकले २.७ प्रतिशतको आर्थिक बृद्धिदरको प्रक्षेपण सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० मा ४.२ र ५.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । आइएमएफले विश्व आर्थिक परिदृश्य (वल्र्ड इकोनोमिक आउटलुक, २०२१) सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । छिमेकी भारतको अर्थतन्त्र सन २०२१ मा १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।
आईएमएफले विश्व अर्थतन्त्र सन २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले संकुचन भएको आइएमएफको संशोधित अनुमान छ ।
यता विश्व बैंकले सन २०२१/०२२ मा ३.९ र ०२२/०२३ मा ५.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण