ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न् ।’ थापाले सत्ता र शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण