शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा

बुधबार, २५ चैत २०७७, १८ : २१
बुधबार, २५ चैत २०७७

हेटौंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र  कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न् ।’ थापाले सत्ता र  शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल  र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप