८ जिल्लाका सीडीओ फेरिए, अध्यागमनको महानिर्देशकमा भट्टराई
काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।
उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण