८ हजार ५४ जनाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप
काठमाडौं । कोभिड—१९ विरुद्धको भेरोसेल खोप (चिनियाँ) दुई दिनमा ८ हजार ५४ जनाले लगाएका छन् । बुधबार र बिहिबार प्राथमिकतामा परेकामध्ये ८ हजार ५४ जनाले भेरोसेल खोप लगाएका हुन् । सरकारले १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो ।
चीन सरकारको अनुदान सहयोगमा प्राप्त ८ लाख डोज भेरोसेल खोप बुधबारदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाउने अभियान एक सातासम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका नागरिक, व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउनेछन् । भेरोसेल खोप पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण