भारतमा पछिल्लो २४ घण्टाभित्र सर्वाधिक १ लाख ४४ हजारभन्दा बढी संक्रमित भेटिए
भारतमा कोरोनाको ग्राफ लगातार बढ्दो छ । शनिबार रेकर्ड स्तरको नयाँ संक्रमितको आँकडामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ८२९ संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि अहिलेसम्म यो दैनिक भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि बिहिबार १.३१ लाख बिरामी भेटिएका थिए ।
यस्तै सक्रिय संक्रमितको संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । शुक्रबार देशभरी ७७ हजार १ सय ९९ मानिस निको भएका छन् जबकी ७७३ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमितको संख्यामा ६६ हजार ७६० को वृद्धि भएको छ । यो आँकडा कोरोनाको अघिल्लो चरणको भन्दा अत्यधिक धैरै हो । अघिल्लो वर्ष १७ सेप्टेम्बर ताका संक्रमण उच्च स्थानमा थियो । त्यस दिन देशमा सबैभन्दा बढी १०.१७ लाख सक्रिय संक्रमित थिए । त्यसपछि यो आँकडा घट्न थालेको थियो तर अब पुनः स्थिति भयावह हुँदैछ ।
यस्तै रिकभरी रेटमा लगातार गिरावट आइरहेको छ । एकदिन अघि ९१.७६ प्रतिशतले घटेर ९०.८ प्रतिशत रहेको छ । पछिल्लो तीन हप्ता अघि यसमा करिब ८ प्रतिशतको गिरावट दर्ता गरिएको छ । सबैभन्दान्दा कम छत्तिसगढमा ८०.५ प्रतिशत र महाराष्ट्रमा ८२ प्रतिशत बिरामी रिकभर भएका छन् । यहाँ सक्रिय संक्रमित बढी छन् । छत्तिसगढमा अहिले १८.४ प्रतिशत र महाराष्ट्रमा १६.३ प्रतिशत सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण