एल क्लासिको : बार्सालाई हराउँदै रियल शीर्ष स्थानमा
चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई सिजनको दोस्रो एल क्लासिकोमा हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–१ अन्तरले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा नै करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियलाई अग्रता दिलाएका थिए । पछिल्ला सात लिग खेलमा बेन्जेमाको यो नवौँ गोल हो । खेलको २८ औँ मिनेटमा टोनी क्रुसले फ्रिकिक मार्फत रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा ओस्कार मिनगुएजाले बार्सिलोनाका लागि एक गाेल फर्काए पनि त्यसपछि कुनै पनि गोल हुन सकेन । रियलका कासिमिरोले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।
रियल र एथ्लेटिको म्याड्रिडको समान अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि, एथ्लेटिकोले एक खेल कम खेलेको छ । आइतबार रियल बेटिसलाई हराए एथ्लेटिको पुनः शीर्ष स्थानमा उक्लिनेछ । बार्सिलोना लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।
विधान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण