भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक १ लाख ५२ लाख संक्रमित भेटिए
भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।
देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० सम्म पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।
रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण