इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण
एजेन्सी । इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताएका छन् । इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि सहेलीले बताएका छन् । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उनले जानकारी दिए । दुर्घटनाका कारणहरूको अनुसन्धान भइरहेको र थप विवरणहरू पछि प्रकाशित गरिने उनले बताएका छन् ।
सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए । तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउँदै आएका छन् । यस घटनामा कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको इरानको फार्स न्यूज एजेन्सीलाई सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण