योगेश भट्टराई भन्छन्– एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ
काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पहिला फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न प्रस्ताव पनि गरेका छन् ।
‘बैठकमा खुला खुलस्त छलफल गरौं । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफूबाट भएका गल्तीलाई सबैले दिलबाट स्वीकार गरौँ । पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्न सबै तयार होऔं। ’
भट्टराईले महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गर्दै स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्न र त्यसको परिणाम सबैले स्वीकार गर्नुपर्नेमा पनि जोड दिएका छन् । यस्तै पार्टीलाई एकताबद्ध राख्दै आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खानुपर्नेमा पनि उनले जोड दिएका छन् । उनले भनेका छन्, ‘जमिनमा टेकौँ र जनतातर्फ फर्कौं । यसैमा छ सबैको भलो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण