प्युठान दुर्घटना : मृतक दुईजनाको सनाखत
बुधबार, ०१ वैशाख २०७८, १३ : ५४
गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ । दुर्घटनामा ३÷४ जना गम्भीर घाइते भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण