मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता छ : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता महसुस भएको बताएका छन् । राप्रपा काठमाडौं महानगरद्वारा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा देखिएको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । अध्यक्ष थापाले भने, ‘अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको छ ।’
अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीमा कारण मुलुक अस्थिरताको दलदलमा फसेको समेत स्पष्ट पारे । थापाले संवैधानिक अंगका प्रमुखहरु माथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको बताउँदै राप्रपालाई मुलुक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । कार्यक्रममा राप्रपा नेताहरु विक्रम थापा, वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, इन्द्र चित्रकार, तारा लुइँटेल, डा.जयन्त नाथ खनाल, राजाराम बर्तौला, नवराज सिंखडा लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण