कपिलवस्तुको ‘मिनी रोल्पा’ मा विप्लवको केन्द्रीय कार्यालय बन्ने
नेपालका अधिकांश राजनीतिक दलहरूको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ । पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरेका हुन् । शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ ।
अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ । सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा औपचारिक कार्यालय पनि खोलेको छैन । अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगरले गरिब, किसान र मजदुरसँग नजिक भएर काम गर्न कपिलवस्तु रोजिएको रातोपाटीलाई बताए ।
यस्तो भवन बन्ने छ
पार्टी केन्द्रीय सदस्य सञ्जीव कुमारले पार्टी कार्यालय ४ तलाको हुने जानकारी दिए । असारसम्म एक तला निर्माण गरिसक्ने गरी निर्माण कार्य थालिने उनले बताए । अर्को दुई तलामा करिब तीन सयभन्दा बढी अटाउने सभाहल बनाउने पार्टीको योजना रहेको छ । यसका लागि असारपछि अरु काम गर्ने उनको भनाइ छ । पानी पर्ने सिजन भएकोले असारसम्म काम फटाफट गर्ने तयारी गरेको उनले बताए ।
भवनका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको छ । भवनका लागि ४ कट्ठा जमिन स्थानीयसँग खरिद गरिएको उनको भनाइ छ । भवनसँगै पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्नेछ ।
भवन निर्माण कार्यमा पार्टीका नेता–कार्यकर्ताले श्रमदान गर्नेछन् । भवनको शिलान्यासका क्रममा पार्टी महासचिव चन्दले यस्ता भवनहरु देशैभरी निर्माण हुने बताए । शिवगढी क्षेत्रमै चन्दको घर पनि रहेको छ । उनको परिवारका सदस्यहरु त्यहीँ बसोबास गर्दै आएका छन् । उनका दाइ वीरजंग पनि सोही ठाउँमा बसेर पार्टीको राजनीति गर्दै आएका थिए ।
मिनी रोल्पाको नामले चिनिने उक्त ठाउँमा गत वर्ष प्रहरीले सर्च अपरेसन चलाउँदा एक जना पार्टी कार्यकर्तालाई गोली पनि लागेको थियो भने प्रहरीले ठुलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण