कतार एयरवेजले गर्यो जेटब्लुसँग रणनीतिक कोड शेयर साझेदारी
बिहीबार, ०२ वैशाख २०७८, १८ : ४७
दोहा –कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड शेयर साझेदारीको विस्तार घोषणा गरेको छ । जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ ।
संयुक्त राज्य अमेरिका र दोहाबीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोड शेयर उडानहरूको लागि बिक्री सुरु भइसकेको छ ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाएको छ । एयरवेजले तीव्र वृद्धि भइरहेको नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ । हामी जेटब्लुलाई हाम्रो व्यापक ग्लोबल नेटवर्कमा स्वागत गर्न पाउँदा प्रसन्न छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण