प्रचण्डलाई ओलीको फोन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन् ।
‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले जानकारी दिए । मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ’ कार्यक्रममा उनले भने ।
प्रधानमन्त्री ओलीसँग उक्त गाउँपालिकाको बाटो निर्माणका लागि आफूले भनिदिने आश्वासन पनि दिए । प्रचण्डले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो ? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु । मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’
संसद विघटनपछि टाढिएका ओली र प्रचण्डबीच पुसमा पनि टेलिफोन संवाद भएको थियो । २३ फागुनको सर्वोच्च फैसलाले ओली र प्रचण्डको पार्टी समेत अलग अलग भएको छ । ओलीले जनता समाजवादी दलको समर्थन लिने प्रयास गरिरहेका छन् भने प्रचण्ड काँग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रयासमा छन् । यस्तो अवस्थामा ओलीले प्रचण्डलाई गरिएको फोन अर्थपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण