दुर्घटनामा परी एम्बुलेन्स चालकको मृत्यु
शुक्रबार, ०३ वैशाख २०७८, १६ : ३२
सप्तरी । यहाँको शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसको ठक्करले स१च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखीपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कामतको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजतलास भइरहेको प्रनाउ काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण