फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल
शुक्रबार, ०३ वैशाख २०७८, २३ : ३२
काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।
रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडयन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रम मुक्त हुन यो घटना पर्याप्त छैन र भन्ने प्रश्न समेत गरेका छन् । शुक्रबार कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण