कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख
आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।
यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले जनता समाजवादी पार्टी (जसपा) कै साथ पाएपनि माधव पक्षले फ्लोरक्रस गरिदियो भने सरकार जोगिन सम्भव हुने छैन। कर्णालीको घटनाले राजनीतिमा नयाँ खाले ध्रुवीकरणको रेखा कोरेको छ । आगामी घटनाक्रमहरु तीब्र गतिमा विकसित हुने संकेत मिलेको छ ।
नेपाली काँग्रेसले मात्र कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर नपुग्ने अवस्था थियो । यसका निम्ति प्रधानमन्त्री ओलीले झापाको संसदीय निर्वाचन क्षेत्रसहित राजधानी काठमाडौँको महानगरीय निर्वाचनमा एमालेसँग तालमेल मिलाएको राप्रपालाई तटस्थ बस्ने निर्णयमा पुर्याए । जसले गर्दा शाहीको सरकार ढल्ने अवस्था देखा परिसकेको थियो ।
तर, यसैबीच अप्रत्यासित परिणाम आयो । खाइपाइ आएको माननीयको सुविधा छापामार शैलीले त्याग्न प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा तयार भएपछि शाहीका निम्ति अनुकूल परिस्थिति सृजना हुन पुगेको हो । यो समाचार जनआस्था साप्ताहिक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण