मेस्सीको नाममा अर्को कीर्तिमान
बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ । शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल संख्या १० पुगेको छ । उनले योसँगै टेल्मो जाराको कीर्तिमान भंग गरे । मेस्सीले यो प्रतियोगिता सात पटक जितेका छन् ।
सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ । बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ । तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।
‘आज मेरो लागि खुसीको दिन हो,’ खेलपछि मेस्सीले भने, ‘मैले जीवनभर रहेको टोलीमा कप्तान हुन पाउनु मेरो लागि विशेष हो ।’ उता, प्रशिक्षक रोनाल्ड कोमानले मेस्सीलाई अर्को सिजन पनि क्लबमा देख्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण