उदयपुरमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या
काठमाडौं । उदयरपुरको रौतामाई गाउँपालिका–७ स्थित जंगलमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या भएको छ । नवज्योति सामुदायिक वनमा जनावरले खाएको अवस्थामा महिलाको कंकाल फेला परेको छ । बलात्कारपछि उनको हत्या गरेको आरोपमा प्रहरीले रौतामाई–७ घर भएका पवन अछामेलाई पक्राउ गरेको छ । २४ वर्षीय पवनले बलात्कारपछि हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर छिरिङ शेर्पाले रातोपाटीलाई बताए ।
चैत ११ मा साँझ पवनले मानसिक सन्तुलन गुमाएकी ती महिलालाई बलात्कारपछि ढुंगाले हिर्काएर हत्या गरेका थिए । पवन लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
शुक्रबार घाँस काट्न गएकाहरुले चुरा र पोते सहित कंकाल भेटेको सूचना दिएपछि प्रहरीले कंकाल संकलन गरेर अनुसन्धान गरेको थियो । २४ वर्षीय राजुमाथि ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण