बेलायतमा कोरोना मृत्यु दर घट्दै, एक सातामा २७.१ प्रतिशत ह्रास
लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बितेको २४ घन्टामा थप १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्याँकले देखाएको छ ।
योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा एक हजार ८ सय ८२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८७ हजार ८२० पुगेको छ । एक सातामा १७ हजार ८८७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्यामा पनि २.८ प्रतिशतले ह्रास आएको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ९८२ छ भने ४१ लाख ५० हजार ५६८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३३२ रहेको छ ।
त्यस्तै, पछिल्लो तथ्याङ्कअनुसार १७९ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार १८६ मा झरेको छ ।
४ करोड २७ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड २७ लाख ८० हजार ६९ डोज वितरण भएको छ । तीन करोड २८ लाख ४९ हजार २२३ जनाले खोपको पहिलो र ९९ लाख ३० हजार ८४६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण