राहुल गान्धी चुनावी अभियानमा सहभागी नहुने
एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरुलाई स्थगित गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् ।
विपक्षी नेता गान्धीले ट्वीट सन्देशमा भनेका छन्, “कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गालमा हुने मेरा सबै र्यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने र्यालीहरुका कारण निम्तिन सक्ने अवस्थालाई गम्भीर बनौँ ।’
पश्चिम बंगाल विधानसभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ। अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरुले दैनिकजसो चुनावी सभा तथा र्यालीहरु गर्दै आएका छन् ।
शनिबार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा उक्त राज्यको भ्रमण गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण